cropped-samabedana.png
Loading ...

अचल सम्पत्ती मुल्याङ्कन गर्न इन्जिनियरहरुका लागि शिलबन्दी कोटेशन पेश गर्नेबारे सुचना

यस आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) लाई आ.व २०८१०/८२ का लागि कर्जा लगानी गर्दा आवश्यक पर्ने अचल सम्पत्ती मुल्याङ्कन हेतु सिभिल इन्जिनियर आवश्यक भएकाले सम्बन्धित इन्जिनियरिङ्ग फर्म तथा इन्जिनियरहरुलाई मुल्याङ्कन शूल्कको दर भाउ किटान गरि मिति २०८१÷०५÷०६ गते कार्यालय समय भित्र शिल्बन्दी कोटेशन पेश गर्नु हुन सुचित गरिन्छ ।

आवश्यक कागज पत्र
१. फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी
२. भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपी
३. गत आ.ब.को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी
४. इन्जिनियरिङ्ग अनुमति पत्रको प्रतिलिपि
पुनश्च
१. मिति २०८१/०५/०७ गते बेलुका ४ बजे संस्थाको केन्द्रिय कार्यालयमा कोटेशन खोलिने छ ।
उक्त मिति समय र स्थानमा सम्बन्धित फर्मले आधिकारिक प्रतिनिधि पठाउनु पर्ने छ। तोकिएको समयमा प्रतिनिधिहरु उपस्थित नभएमा पनि शिलबन्दी कोटेशन खोल्न कुनै बाधा हुने छैन ।
२.कोटेशन स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित हुने छ ।
३.सम्झौता बमोजिम नगरेमा वा तोकिए बमोजिमको कार्य नभएमा सम्झौता रद्द गरि पुन प्रकृया अगाडि बढाउने अधिकार संस्थामा निहित हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *